काठमाडौं । दसैं अवसर पारेर नेपाली ब्रान्ड जुट फेसनले आफ्नो नयाँ ई–कमर्स वेबसाइट जततउकस्ररशययत।अयm।लउर सार्वजनिक गरेको छ ।
आज सार्वजनिक नयाँ अनलाइन स्टोरले देशभरिका ग्राहकलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ ।
यसले जुट फेसनको सिर्जनशीलता र गुणस्तरीय फेसनप्रतिको प्रतिबद्धता झल्काउने कम्पनीको भनाइ छ ।
२५ देखि ४५ वर्ष उमेर समूहका फेसनप्रेमी पुरुषका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो । आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटागोरीहरूका साथ ग्राहकले सहजै जुट फेसनको सर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामान अर्डर गर्न सक्छन् ।
‘फेसन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईं हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ,’ कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्यामरत्न माली भन्छन्, ‘जुट फेसनको यात्रामा हामीले सुरुदेखि नै फेसनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहने छौं ।’
नयाँ वेबसाइट सुरुवात तथा चाडपर्वका अवसरमा ग्राहकवर्गले ३५ प्रतिशतसम्म छुटका साथै पहिलो अर्डरमा थप ५ प्रतिशत छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4