+
+
Shares

न्यूरोड-असनमा दशैंको किनमेल गर्नेको घुइँचो (तस्वीरहरू)

काठमाडौंको पुरानो बजार असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ भने न्‍यूरोड क्षेत्रका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको घुइँचो बढेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज ७ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो र दैनिक उपभोग्य सामग्री तथा लत्ताकपडाको बिक्री बढ्छ।
  • काठमाडौं उपत्यकाका न्‍यूरोड, असन, इन्द्रचोक, महावौद्ध क्षेत्रमा दशैंको समयमा किनमेल गर्नेहरुको भिड अत्यधिक हुन्छ।
  • साँघुरा गल्ली र बाटोमा पसल राखिएर मानिसहरु रोकिएर सामान किन्ने भएकाले भिड बढेको हो।

७ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं नेपाली बजारमा सबैभन्दा धेरै किनमेल हुने समय हो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडालगायतका सामानको बिक्री यही बेला हुन्छ ।

अझ विशेष गरी दशैंका बेला नयाँ लुगा लगाउने नेपालीहरुको चलन नै हो। दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाका पसल र सपिङ् मलहरुमा किनमेल गर्नेको ठूलो भिड छ ।

काठमाडौंको पुरानो बजार न्‍यूरोड, असन, इन्द्रचोक, महावौद्ध आदि क्षेत्रमा किनमेल गर्नेहरुको भिड अत्यधिक छ । एकै क्षेत्रमा लत्ताकपडा, भाँडाकुँडालगायतका सामान पाइने भएकाले पनि यो क्षेत्र सर्वसाधारणको किनमेलका लागि रोजाइको क्षेत्र हो ।

साँघुरा गल्ली, मानिसहरुको धेरै भिडभाड, बाटोमा नै राखिएका पसल र मानिसहरु रोकिएर सामान किन्नुपर्ने भएका कारण भिड बढेको हो ।

हेर्नुहोस् थप तस्वीरहरू : 

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?