+
+
Shares

भवन जलेपछि प्रदेशसभा सार्ने तयारी, विकल्पमा वीरेन्द्र सभागृह र कृषि बजार

‘वीरेन्द्रसभागृह र कृषि बजारको कुरा आएको छ, प्रदेशसभा व्यवस्थापन समितिले अध्ययन गरी प्रतिवेदन पेश गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अरु थप विकल्प भए खोजी हुनेछ ।’

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज ७ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदेशसभा भवन ध्वस्त भएपछि वैकल्पिक स्थानमा प्रदेशसभा बैठक सञ्चालनका लागि कटहरीको कृषि बजार र विराटनगरको वीरेन्द्रसभा गृह विकल्पका रूपमा छलफल भएका छन्।
  • प्रदेशसभा सचिवालय भवनमा बस्न नसकिने भएकाले सचिवालय पनि सार्ने तयारी भइरहेको छ र कृषि बजार उपयुक्त स्थान हुनसक्ने सचिव गौतमराज अमात्मले बताए।
  • प्रदेशसभाको बैठक स्थगित छ र दसैँपछि बैठक स्थगित विषयमा छलफल हुने आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए।

७ असोज, विराटनगर । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएपछि प्रदेशसभा बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको खोजी सुरु भएको छ ।

प्रदेशसभा सचिवालय भवनमा पनि तत्काल बस्न सक्ने अवस्था नरहेका कारण सचिवालय पनि सार्ने तयारी छ ।

मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सर्वदलीय छलफल भएको थियो । छलफलमा प्रदेशसभा बैठक सञ्चालनका लागि २ वटा विकल्प प्रस्तुत भएका थिए । पहिलो कटहरीको कृषि बजार, दोस्रो विराटनगरको वीरेन्द्रसभा गृह । विराटनगरका सार्वजनिक संरचनामा अराजक समूहले आगजनी गर्दा  वीरेन्द्र सभागृह भने युवाहरुले जोगाएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार वीरेन्द्रसभा गृह र कटहरीमा रहेको कृषि बजारमा प्रदेशसभा बैठक सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।  तर निर्णय भने भएको छैन ।

‘वीरेन्द्रसभागृह र कृषि बजारको कुरा आएको छ, प्रदेशसभा व्यवस्थापन समितिले अध्ययन गरी प्रतिवेदन पेश गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अरु थप विकल्प भए खोजी हुनेछ ।’

प्रदेशसभा बैठक पनि तत्काल बस्ने सम्भावना नरहेको उनले बताए ।

प्रदेशसभाको जारी अधिवेशनको बैठक स्थगीत छ । स्थगीत बैठकका विषयमा दसैँपछि छलफल हुने उनले बताए ।

कोशी प्रदेशसभा सचिवालयका  निमित्त सचिव गौतमराज अमात्मका अनुसार प्रदेशसभा र प्रदेशसभा सचिवालय नै सार्नुपर्ने अवस्था छ । सभा र सचिवालयका लागि कृषि बजार उपयुक्त  हुनसक्ने उनले बताए ।

वीरेन्द्रसभा गृहमा बैठक सञ्चालन गर्नका लागि सरचना तयार भएपनि सचिवालय सञ्चालन गर्ने स्थान छैन । विकल्पको रुपमा रहेको ‘कटहरी फलफूल तथा कृषि थोक बजार’ कटहरी गाउँपालिका मातहतमा छ ।

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको  व्यावसायिक कृषि तथा व्यापार आयोजनाले तरकारी बजार निर्माण गरेको थियो । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका– १ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा कृषि  थोक बजार’मा विराटनगरका व्यापारी  नगएपछि साप्ताहिक हाट लाग्दै आएको छ ।

२०७५ चैत ३ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए । तर, प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी गाउँपालिकालाई जिम्मा लगाएको थियो ।

जनप्रिय माध्यमिक विद्यालय कटहरीको ४ विघा २ कठ्ठा २ धुर र १८ कठ्ठा ऐलानी जग्गामा निर्माण भएको बजारमा  गाउँपालिकाले साप्ताहिक हाटबजार लगाउँछ ।

कृषि बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?