+
+
Shares

दशैं-तिहार अफर : भाटभटेनीमा किनमेल गर्दा टाटा पन्च ईभी जित्ने अवसर

यस योजनामा सहभागी हुन ग्राहकले कम्तीमा २ हजार ५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १४:१७

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा दशैं, तिहार र छठका अवसर पारेर सपिङ गर्दा टाटाको ‘पन्च ईभी’ जित्न सकिने भएको छ। यो चाडपर्वको विशेष अवसरमा भाटभटेनीमा किनमेल गर्ने ग्राहकले यो कार जित्न सक्ने मौका प्राप्त गर्ने भएका हुन् ।

टाटाको विक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभटेनीबीच सहकार्य गरी भाटभटेनीका ग्राहकलाई चाडपर्वका अवसरमा सामान किन्दा कार जित्ने अवसर प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

‘भाटभटेनीाबाट किनमेल गरौं, टाटा पन्च ईभी जितौं’ भन्ने नारासहित आएको यो स्किमको लाभ आगामी १६ पुससम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिनसक्ने छन् ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकले कम्तीमा २ हजार ५ सय रुपैयाँ बराबरको सामान भाटभटेनीबाट खरिद गर्नुपर्ने छ ।

खरिदका बेला ग्राहकले प्राप्त गरेको बिलका आधारमा प्रणालीमा नाम दर्ता हुनेछ । त्यसपछि भाटभटेनीले लक्की ड्रमार्फत एक जना विजेता चयन गरी पन्च ईभी उपहार स्वरूप प्रदान गर्ने भाटभटेनीले जनाएको छ ।

योजना अन्तर्गत देशभरिका सबै भाटभटेनीका शाखाबाट २ हजार ५ सय वा बढी सामान खरिद गर्ने ग्राहकले स्वतः यो योजनामा सहभागी हुन पाउनेछन् र नेपाली बजारमा निकै लोकप्रियता कमाउन सफल टाटा पन्च ईभी जित्न सक्ने छन् ।

दशैं–तिहारको किनमेल चटारोमा एकै ठाउँबाट आवश्यक सम्पूर्ण सामान किन्न सकिने र कार पनि जित्ने अवसर प्राप्त हुँदा ग्राहक समेत उत्साहित हुने अपेक्षा भाटभटेनीको छ ।

त्यस्तै भाटभटेनीबाट सामान किन्दा मात्रै होइन नेपाल पेबाट क्यूआर गरी सामानको मूल्य तिर्दा पनि एक जना भाग्यशाली ग्राहकले टाटाको पन्च ईभी कार जित्न सक्ने भाटभटेनीले जनाएको छ ।

नेपाल पेबाटै क्यूआर गरी सामानको मूल्य तिर्ने १६ जना भाटभटेनीका ग्राहकले टीभीएसको स्कुटर पनि जित्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?