+
+
Shares

जेनजी आन्दोलनमा ध्वस्त कोटेश्वरको भाटभटेनी सञ्चालनमा (तस्वीरहरू)

शुभारम्भ गर्दै मीनबहादुरले भने– हामी चाँडै उठ्छौं

भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना समेत गरे ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ माघ २४ गते १३:२८

२४ माघ, काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबारदेखि पुन: सञ्चालनमा आएको हो ।

पुन: सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना समेत गरे ।

जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दु:खद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको उनले बताए ।

‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस । राम्रो हुनैपर्छ । नेपालमा जुन दुर्घटना भयो । त्यो घटनाको ठूलो भार, शिकार भाटभटेनीले भोग्नु पर्‍यो । त्यो भागेपनि भाटभटेनीले हिम्मत राखेको छ–जिरो भएको एउटा भाटभटेनी उठयो,’ गुरुङले भने ।

प्रबन्ध निर्देशक गुरुङले अरु ११ वटा ध्वस्त भएका भाटभटेनी पनि छिट्टै पुन सञ्चालनमा ल्याउने समेत बताए ।

‘अब क्रमश: सबै चाँडै उठ्नेछ । भाटभेटनी मात्रै होइन, नेपाल नै उठ्छ । नेपालीले आफ्नै सृजना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ,’ उनले भने ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पतीको रुपमा रहेको भाटभटेनी सुपरमार्केट अन्तर्गत १२ वटा सुपरमार्केट ध्वस्त हुँदा अर्बौंको क्षति भएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?