+
+
Shares

आगजनीबाट क्षतिग्रस्त सिंहदरबार मर्मत गर्न कम्पाउन्डिङ जालीले छोपियो (तस्वीरहरू)

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले जलाएको सिंहदरबार मर्मत गर्न कम्पाउन्डिङ जालीले छोपिएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज ८ गते १७:०१

८ असोज, काठमाडौं। आन्दोलनका क्रममा आगोले जलेर क्षति पुगेको सिंहदरबार मर्मत गर्न कम्पाउन्डिङ जालीले छोपिएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले जलाएको सिंहदरबार मर्मत गर्न कम्पाउन्डिङ जालीले छोपिएको हो ।

प्रदर्शनकारीले गरेको आगजनीका कारण सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका मुख्य–मुख्य कार्यालय र विभागहरु थिए ।  रातभर जलिरहेको सिंहदरबारमा त्यहाँका फर्निचरसहित महत्वपूर्ण कागजपत्रहरु जलेका थिए ।

यस्तै सिंहदरबार क्षेत्र क्षेत्रभित्रको गृह मन्त्रालयमा पनि प्रदर्शनकारीले आगजनी गरेको थियो। त्यहाँ पनि कम्पाउन्डिङ जालीले छोप्ने तयारी गरिएको छ ।

सिंहदरबार राणाकालीन ऐतिहासिक सम्पदा हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा ईस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । त्यतिबेला १ हजार ७०० वटा कोठाहरू रहेको यो भवन त्यस बेलाको एसियाभरिकै सबैभन्दा ठूलो दरबार थियो ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?