+
+
Shares

पेरिसमा नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धन

हर्जोगको ऐतिहासिक आरोहणले फ्रान्सेली यात्रु र आरोहीलाई दशकौंदेखि नेपाल भ्रमणका लागि प्रेरित गरिरहेको तथ्य पनि बोर्डले स्मरण गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १८:२५

८ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा नेपाल प्रवर्द्धन गरेको छ ।

अन्तर्राष्ट्रिय पर्यटन महोत्सव ‘इन्टरनेस‍नल फ्रेन्च टुरिज्म मार्ट’ (आईएफटीएम टप रेजा २०२५) नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरियो ।

यस वर्ष टुरिज्म मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५औं वर्ष पुगेको छ । बोर्डले नेपाल–फ्रान्स सम्बन्धको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गरेको जनाएको छ ।

हर्जोगको ऐतिहासिक आरोहणले फ्रान्सेली यात्रु र आरोहीलाई दशकौंदेखि नेपाल भ्रमणका लागि प्रेरित गरिरहेको तथ्य पनि बोर्डले स्मरण गराएको छ । फ्रान्सेली पर्यटक नेपालका निष्ठावान आगन्तुकका रूपमा चिनिन्छन् ।

उनीहरूको रोजाइमा एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ क्षेत्रका पदमार्ग तथा काठमाडौं उपत्यकाका सांस्कृतिक स्थल विशेष प्राथमिकतामा छन् । दिगो र अनुभवमा आधारित पर्यटनप्रतिको माग बढेसँगै नेपाल फ्रान्सेली पर्यटकका लागि अझ आत्मीय गन्तव्य बनेको छ ।

मार्टमा बोर्डले स्थापना गरेको नेपाल पभेलियनमा युरोपेली पर्यटन व्यवसायीले नेपालको साहसिक र प्रकृतिमा आधारित पर्यटनबारे चासो राखेका थिए ।

मार्टमा सहभागी वरिष्ठ अधिकृत सागर श्रेष्ठ र राजीव झा नेतृत्वको बोर्ड टोलीले नेपालको साहसिक, सांस्कृतिक र प्रकृतिमा आधारित पर्यटनबारे जानकारी गराएका थिए ।

बोर्डसँगै नेपालबाट जर्नी डीएमसी, नमस्ते होलिडेज टुर्स एन्ड ट्रेक्स, फ्रेन्ड्स एड्भेन्चर टिम, इथिकल ट्रेकिङ नेपाल, द ट्रेक नेपाल र हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन गरी छ नेपाली ट्राभल कम्पनी सहभागी थिए ।

बोर्डले यस सहभागिता मार्फत फ्रान्सेली तथा युरोपेली पर्यटन व्यवसायीसँग साझेदारी गहिरो बनाउन, नेपालप्रतिको आकर्षण सुदृढ पार्न र भविष्यमा थप पर्यटक भित्र्याउन लक्ष्य लिएको जनाएको छ ।

आईएफटीएम टप रेजा फ्रान्सको सबैभन्दा ठूलो बीटुबी पर्यटन प्रदर्शनी हो । जसले विश्वका पर्यटन बोर्ड, ट्राभल एजेन्सी र टुर अपरेटरलाई एउटै प्ल्याटफर्ममा ल्याउँछ । यस प्रदर्शनी मार्फत युरोपेली बजारमा नेपाल प्रामाणिक, साहसिक र दिगो पर्यटन अनुभवका लागि पूर्ण रूपमा तयार रहेको बोर्डले सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?