+
+
Shares

यसवर्ष दशैंका भेडा-च्याङ्ग्रा भक्तपुरमा (तस्वीरहरू)

सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यसवर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज १० गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशैंका लागि मुस्ताङबाट भेडा-च्याङ्ग्रा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी चौरमा ल्याइएको छ।
  • च्याङ्ग्रा प्रतिकिलो मूल्य रु एक हजार ३०० देखि रु एक हजार ३५० सम्म पुगेको छ, जुन गतवर्षको रु एक हजार ५० भन्दा बढी हो।
  • व्यापारीहरूले मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिरेको र भक्तपुर नगरपालिकालाई कर तिरेको बताएका छन्।

१० असोज, भक्तपुर। दशैंका लागि मुस्ताङ हुँदै भेडा-च्याङ्ग्रा भक्तपुरमा ल्याइएको छ ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा ती च्याङ्ग्रा राखिएको हो । गत वर्षको तुलनामा यसवर्ष च्याङ्ग्रा मूल्य पनि बढेको छ ।

भक्तपुरका साथै काठमाडौं, ललितपुर, काभ्रेलगायत क्षेत्रका बासिन्दा च्याङ्ग्रा लिन भक्तपुर आउन थालेका छन् ।

व्यापारीले प्रतिकिलो जिउँदो च्याङ्ग्रा रु एक हजार ३०० सम्ममा बिक्री गरिरहेका छन् । गतवर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ५० मा बिक्री भएको थियो ।

रामेछापका च्याङ्ग्रा व्यापारी हिमलाल श्रेष्ठले गतवर्ष भन्दा यसवर्ष मुस्ताङको घारमा महँगोमा किन्नु परेकाले यहाँ पनि मूल्य बढेको बताए।

सल्लाघारी चौरमा च्याङ्ग्रा बिक्री गर्दै उनले भने, ‘चीनबाट मुस्ताङसम्म ल्याइएका च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा प्रतिगोटा रु ४० देखि ४५ हजारसम्म तिर्नु परेकाले यसवर्ष महँगो भएको हो।’

च्याङ्ग्रा ल्याउँदा मासु जोखेर नभई सानो र ठूलो मिलाएर गोटा गन्तीबाट खरिद गर्नुपर्ने बताउँदै श्रेष्ठले सानो र ठूलोको एउटै मूल्य तिरेर ल्याउनु पर्ने र यहाँ किलोमा बिक्री गर्नु परेकाले उपभोक्तालाई महँगो पर्ने गरेको उल्लेख गरे ।

व्यापारी रमेश खड्काले पनि च्याङ्ग्रा प्रतिकिलो रु एक हजार ३५० सम्ममा बिक्री गरिरहेको जनाउँदै मुस्ताङमा बढी मूल्य तिरेर खरिद गरिएकाले यसवर्ष महँगोमा बिक्री गर्नुपरेको बताए ।

च्याङ्ग्रा ल्याउँदा यसवर्ष विभिन्न ठाउँमा करिब रु ३० हजार कर तिरेको जनाउँदै खड्काले सल्लाघारीमा ठाउँ लिएबापत भक्तपुर नगरपालिकालाई प्रतिव्यापारीले रु २५ हजार कर तिर्नुपरेको बताए।

हेर्नुहोस् तस्वीरहरू :

  

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?