+
+
Shares

बाढीपहिरोबाट सचेत हुन मानव अधिकार आयोगको आग्रह

रासस रासस
२०८२ असोज १८ गते १२:४७

१८ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वर्षाबाट हुनसक्ने बाढीपहिरोबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्ति जारी गरी प्राकृतिक विपद्पूर्वका कार्यहरुमा उचित ध्यान दिनु, विपद्को अवस्थाका बारेमा सर्वसाधारणलाई सूसूचित गर्नु र जोखिममा रहेकाहरुलाई उद्धार गर्नु राज्यको जिम्मेवारी भएको जनाउँदै विपद्पूर्वको तयारी र विपद्प्रतिकार्यमा केन्द्रित  हुनुपर्नेमा जोड दिएको छ ।

साथै आयोगले विपद्पूर्वको तयारी तथा उद्धारमा सघाउन राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम, युवापुस्ता, विभिन्न सङ्घ संस्था र नागरिक समाजलाई आग्रह गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?