
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक मतमती खोलाले कटान गर्दा घरहरू जोखिममा परेको छ।
- शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा सडक भत्किएको छ र स्थानीय त्रसित भएका छन्।
- प्रहरी टोलीले घटना स्थलमा सतर्कता अपनाउन अपिल गरेको छ र जल तथा मौसम विभागले निरन्तर वर्षा रहने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
१८ असोज, काठमाडौं। काठमाडौंको सोल्टिमोड कोहिनुर हाउजिङ्ग नजिक रहेको मनमती खोलामा कटान गर्दा घरहरू जोखिममा परेको छ ।
मनमती खोलालाई करखुशी खोलाको नामले पनि चिनिन्छ । शुक्रबार विहानदेखि अविरल वर्षाले खोलाको बहाव बढ्दा कटान गरेको हो। खोलाले सडक कटान गर्दा यहाँका घरहरू जोखिममा परेको छ ।
खोलाले सडक भत्काएपछि यहाँकमा स्थानीयहरू त्रसित बनेका छन् ।
नेपाली प्रहरी कालिमाटी तथा महानगर प्रहरीको टोलीले घटना स्थलमा सतर्कता अपाउन अपिल गरेको छ ।
साथै आवश्यक सहयोगको लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ ।
यता, जल तथा मौसम विभागले भोलिसम्मै निरन्तर वर्षा रहने बताएको छ भने नागरिकहरूलाई म्यासेज नै गरेर विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4