
१८ असोज, काभ्रेपलाञ्चोक । गत वर्ष असोजमा आएको बाढीपछि बीपी राजमार्गमा बनाइएका डाइभर्सनहरू बगाउन थालेको छ ।
रोशी खोलामा पर्ने विभिन्न डाइभर्सनहरू शुक्रबारदेखि परेको अविरल वर्षापछि केहीबेर अघिबाट बगाउन थालेको हो ।
रोशी गाउँपालिका–७, ८ र ९ का विभिन्न ठाउँमा राखिएका डाइभर्सनहरू बगाउन थालेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
‘अहिले डाइभर्सनहरू बगाउन थालेको छ । बोक्सीकुना, घुमाउने, खार्पाचोक बेसी र चौकीडाँडामा रहेका डाइभर्सनहरू बगाइसकेको छ,’ उनले भने ।
अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।
सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।
प्रतिक्रिया 4