
१८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ ।
यो क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । शुक्रबारबाट परेको अविरल वर्षापछि शनिबार सो क्षेत्र डुबानमा परेको हो ।
डुबानको समस्या समाधान नहुँदा स्थानीय समस्यामा पर्दै आएका छन् ।
पुण्यमाता खोलाको बाढीले हरेक वर्ष पुल बजार क्षेत्र डुबानमा पर्दछ । अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ ।
बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्त्वयमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ ।
तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।
अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।
सरकारले भोलि र पर्सि सार्वजनिक बिदा समेत दिइसकेको छ । मनसुन अझै दुई दिन सक्रिय हुने बताइएको छ ।
प्रतिक्रिया 4