
१८ असोज, विराटनगर । अविरल वर्षाका कारण रातको समयमा मेची राजमार्गमा यात्रा गर्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले आज राति सवारी आवागमनमा रोक लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालद्वारा जारी सूचनामा मेची राजमार्गको इलाम प्रवेशद्वार जोर कलसदेखि राकेसम्म र मेची करिडोरको केचना–कंचनजंगा सडकमा आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म सबै प्रकारका साना ठूला सवारी साधनको आवागमन बन्द गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4