फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- १० पुसमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रमा पहिरोले मेची राजमार्गको १० मिटर सडकखण्ड पुरिएर यातायात सेवा अवरुद्ध भएको छ।
- प्रहरी प्रमुख बेदप्रसाद गौतमले प्रहरी टोली घटनास्थलमा खटिएको र सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको जानकारी दिनुभयो।
१० पुस, ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका-१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।
सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उनले बताए।
-राससबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4