+
+
Shares

इलामको बागखोरमा पहिरोले ट्रक पुरियो, मेची राजमार्ग अवरुद्ध

रासस रासस
२०८२ चैत १६ गते ११:१८
फाइल तस्वीर ।

१६ चैत, सुरुङ्गा (झापा) । पहिरो पन्छाएर सोमबार रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा आज बिहानदेखि पुनः पहिरो खसेसँगै अबरुद्ध भएको छ ।

यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उनका अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।

यसअघि साँझ सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग राति १० : ५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो ।

इलामको रोङ गाउँपालिका-४ बागखोरस्थित सडक मर्मत भइरहेको स्थानमा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेको हो । सोही क्रममा इलामबाट झापातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको गोलिया बोकेको ट्रक पुरिएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?