+
+
Shares

मनुमति खोलाले कटान गरेको सडक मर्मतमा जुटे महानगर प्रहरी

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज १९ गते ११:३४

१९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कोहिनूर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्‍याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ ।

महानगर प्रहरीहरु खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन् ।

शनिबारको बाढीले खोला किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका थिए ।

प्रहरी र महानगर प्रहरीको टोलीले हिजो नै बाँस राखेर बाढी रोकथामका उपाय अपनाएका थिए ।

खोलाको बाढी घटेर सामान्य भएपछि आज बिहानैदेखि थप मर्मतको काम थालिएको हो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?