+
+
Shares

भिजिट भिसामार्फत यूएई जानका लागि नयाँ नियम, स्पोन्सरको न्यूनतम तलब ४ हजार दिराम  

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १२:४८

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागू गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पुरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार तहहरू तोकिएका छन् । पहिलो, दोस्रो र तेस्रो र साथी (नन–रिलेटिभ) तह रहेका छन् । पहिलो तहमा बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।

त्यस्तै दोस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी रहेका छन् । उनीहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तेस्रो तहमा काका–काकी, मामा, फुपु, कजिन रहेका छन् । त्यसका लागि ८ हजार दिराम न्यूनतम तलब हुनुपर्नेछ ।

भने साथीहरू (नन–रिलेटिभ) लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।

यूएईले भिजिट भिसामा साथी वा आफन्तलाई प्रायोजन गर्नुअघि प्रायोजकको आम्दानीसँग जोडिएको हो । न्यूनतम तलब पुरा गर्न सक्नेले आफन्त वा साथीहरूलाई भिजिट भिसामार्फत यूएईमा ल्याउन सक्ने व्यवस्था गरिएको हो ।

यूएईको संघीय प्राधिकरण (आईसीपी) ले पहिचान र नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाको लागि आय अनिवार्य गरेको हो । भिसाका लागि आवेदन दिँदा नाता सम्बन्धको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ ।

आवेदनकर्ताहरूले कम्तिमा ६ महिनाको लागि मान्य राहदानी, फिर्ता यात्रा टिकट हुनुपर्नेछ ।

उक्त प्रावधानले पारदर्शिता बढाउने, आर्थिक विविधिकरणलाई समर्थन गर्ने र प्रतिभाशाली व्यक्तिलाई यूएईमा आकर्षित गर्ने उद्देश्य आईसीपीले राखेको छ ।

चार प्रकारका भ्रमण भिसा  

यूएईले चार नयाँ भिजिट (भ्रमण) भिसाको वर्ग तोकेको छ । जसमा कृत्रिम बृद्धिमता (एआई), मनोरञ्जन, कार्यक्रमहरू, क्रुज जहाजहरु र मनोरञ्जन रहेका छन् ।

मानवीय बसोबास अनुमतिपत्र एक वर्षको अवधिका लागि जारी गरिनेछ, जसमा विशेष सर्तअनुसार प्राधिकरणको निर्णयद्वारा विस्तार गर्न सकिने सम्भावना हुनेछ ।

यस निर्णयले विदेशी विधवा वा सम्बन्ध विच्छेद भएका एकल महिलाहरूलाई प्रायोजकविना नै यूएईमा बसोबास प्राप्त गर्न अनुमति दिनेछ ।

भिजिट भिसाको नयाँ प्रावधानबारे जानकारी दिँदै आईसीपीका महानिर्देशक मेजर जनरल सुहेल सईद अल खैलीले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा बसोबास र विदेश मामिलामा वर्तमान र भविश्यका प्रवृत्तिहरूमा अध्ययन गरेपछि नयाँ भ्रमण भिसाको नियम र सर्तहरू संशोधन गरिएको बताए ।

यूएईका सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महानिर्देशक खैलीले पछिल्ला संशोधनहरूले जीवनको गुणस्तर सुधार गर्न, व्यापार र यातायात बढाउन, प्रविधि क्षेत्रहरूलाई समर्थन गर्न तथा स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा युएईको प्रतिस्पर्धात्मकता क्षमतालाई सुदृढ पार्न पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?