
२१ असोज, काठमाडौं । मुग्लिन-नागढुंगा सडक खण्डमा सवारीसाधनको लामो जाम लागेको छ ।
फिस्लिङ नजिकै खसेको पहिरोका कारण सडकमा सवारीसाधनको लामो जाम लागेको हो ।
देशका विभिन्न स्थानबाट दशैं मनाएर काठमाडौं फर्किनेको चाप उच्च छ । सोही कारण मुग्लिन-नागढुंगा सडकमा सवारीसाधनको चाप पनि बढेको छ ।
फिस्लिङ नजिकै खसेको पहिरो केहीबेर अघि पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पहिरो हटाउने क्रम जारी रहेकोले सडक एकतर्फी सञ्चालन गरिएको र पूर्णरूपमा पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन गरिने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4