+
+
Shares

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १४:३५

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिइएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै आजको बैठक स्थगित गरिएको छ । पर्सि फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने महामन्त्री शर्माले बताए ।

गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भएका हुन् ।

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?