+
+
Shares

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ : मुख्यमन्त्री सिंह

पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उनले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै यस्तै प्रवृति रहे पतन हुने बताएका छन्।
  • उनले संसदीय दलबाट जवाफ नदिई राजीनामा दिन पत्र काटिएको र तानाशाही र सत्ताको लुछाचुडीको खेल सुरु भएको आरोप लगाए।
  • सिंहले पार्टी अध्यक्ष राउतलाई बजेटमा ५ लाखसम्म नराख्न सुझाउँदा उल्टै बजेट राख्नेलाई प्रोत्साहन गरिएको बताए।

२८ असोज, जनकपुरधाम। मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने बताएका छन् ।

पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उनले यस्तो बताएका हुन् ।

उनले पार्टीले गरेको असहयोग र राजीनामामा प्रकरणबारे कडा रुपमा संकेत गरे ।

उनले भने, ‘मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिएको र मलाई सरबारबाट फिर्ता बोलाएको एउटा पत्र  सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो। त्यो पत्र मेरोविरूद्ध प्रचञ्‍च गर्ने भाष्यको अध्याय थियो। ‘

उनले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेशमा संसदीय दलको नेताले गरेको एकल निर्णयप्रति पनि कडा टिप्पणी गरे। ‘ म  मुख्‍यमन्त्री भएपछि पार्टीकै निर्देशनमा राज्‍यमन्त्री नियुक्त गरे र पार्टीकै निर्देशनमा हटाए। तर उक्त विषयमा आफ्नो गल्ती ढाकछोप गर्न पार्टी र नेतृत्वले मलाई स्पष्टीकरण सोधेर मेरो चरित्र हत्या गर्‍यो।’ उनले गुनासो गरे।

बजेट बनाउने बेला ५ लाखसम्मको समेत बजेट नराख्न पार्टी अध्यक्ष राउतलाई सुझाँव दिँदा उल्टै बजेट राख्‍नेलाई नै प्रोत्साहन गरेको उनले आरोप लगाए।

उनल भने, ‘ मैले  पर्यटन मन्त्रालयमा बजेटलाई टुक्रे योजना बनाइ ५/५ लाख बजेट राख्‍ने कार्य भइरहेको भन्‍दै पार्टी अध्यक्षलाई जानकारी गराउँदा उल्टै आरोपको सिकार भए र उनीहरूलाई प्रोत्साहन गरियो। त्यसकारण कसको निर्देशनमा टुक्रे बजेट आयोजना राखियो भन्‍ने प्रष्ट हुन्छ। ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?