
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार स्थानीय बजारमा अम्बाको भाउ घटेको छ।
- बुधबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम १ सय रुपैयाँमा किनबेच भइरहेको छ।
- मंगलबारको तुलनामा बुधबार अम्बा प्रतिकिलो औसत मूल्य १८ रुपैयाँले घटेर ९० रुपैयाँ कायम भएको छ।
२९ असोज, काठमाडौं । स्थानीय बजारमा अम्बाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार अम्बाको भाउ घटेको देखाएको हो ।
आज बुधबार कालीमाटी बजारमा अम्बा थोकमा प्रतिकिलो न्यूनतम ८० देखि अधिकतम १ सय रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ९२ रुपैयाँ कायम छ ।
मंगलबार भने अम्बा प्रतिकिलो न्यूनतम १ सयदेखि अधिकतम १ सय २० रुपैयाँ र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
हिजो मंगलबारको तुलनामा आज बुधबार अम्बा प्रतिकिलो औसतमा १८ रुपैयाँ घटेको हो ।
भदौ अन्तिम साता भने अम्बा प्रतिकिलो न्यूनतम १ सय २० देखि अधिकतम १ सय ८० रुपैयाँ र औसत १ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4