+
+
Shares

मधेशमा शान्तिसुरक्षाको अनुभूति हुनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते २२:१२

३१ असोज, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री जीतेन्द्रप्रसाद सोनलले प्रदेशमा शान्ति, सुव्यवस्था कायम गर्दै आमनागरिकमा सुरक्षाको अनुभूति हुनेगरी काम गर्न सरोकार भएकालाई निर्देशन दिएका छन् ।

आज जनकपुरधाममा आयोजित प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, सचिव तथा सरोकार भएकाहरूसँगको बैठकमा उनले जनतालाई सरल, पारदर्शी रूपमा शीघ्र सेवा प्रवाह गर्न सरोकार भएका सबैलाई आग्रह गरे ।

उनले पछिल्लो समयमा जेनजी पुस्ताबाट भएको प्रदर्शनको मर्मअनुसार सुशासनसहित छिटोछरितो रूपमा सेवा प्रवाह गर्नु सरकारको दायित्व भएकाले सोहीअनुसार गतिविधि सञ्चालन गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए ।

मुख्यमन्त्री सोनलले प्रदेश सुरक्षा निकायअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवलगायतसँग छलफल गरे ।

बैठकमा बिनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिश पटेलको पनि उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?