
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ११ फरक विषयमा निर्देशन दिएको छ।
- निर्देशनमा शान्ति सुरक्षा, अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय, सार्वजनिक सेवा प्रवाह र निर्वाचन सुरक्षा समावेश छन्।
- २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि जिल्लास्तरमा निर्वाचनमैत्री वातारण बनाउन निर्देशन दिइएको छ।
२ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) कार्यालयहरुमा ११ फरक विषयहरूमा विभिन्न निर्देशन दिएको छ ।
शान्ति सुरक्षा तथा अपराध अनुसन्धान, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाह सहजीकरण, निर्वाचन सुरक्षा लगायतका विषयमा निर्देशन दिएको हो ।
जेनजी आन्दोलनपछि तत्काल र दीर्घकालीन रुपमा देखा पर्ने सुरक्ष चुनौतीहरु पहिचान र विश्लेषण गर्ने, त्यसका लागि सूचना संकलन गर्ने निर्देशन दिएको छ ।
७ पेज लामो ११ फरक विषयहरुमा मन्त्रालयले दिएको निर्देशनमा निर्वाचन सुरक्षाका विषयहरु पनि औंल्याइएको छ । जहाँ २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावका लागि सबै सरोकारवालहरुसँगको समन्वयमा जिल्लास्तरमा निर्वाचनमैत्री वातारण बनाउँदै लैजानुपर्ने उल्लेख गरिएको छ ।
हेर्नुहोस् गृहमन्त्रालयको विज्ञप्ति :
प्रतिक्रिया 4