+
+
Shares

तिहारै आयो, लौ झिलिमिली… (तस्वीरहरू)

घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ कात्तिक ३ गते १९:१४

३ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन, लक्ष्मीपूजा । घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।

बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् ।

घर तथा कार्यालयहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ ।

लक्ष्मीपूजापछि घरघरमा बालिएको बत्तीका कारण काठमाडौं उज्यालो देखिएको छ । धेरैजसो घर, कार्यालय तथा अन्य पसल तथा व्यवसाय रहेको भवनमा झिलिमिली बत्ती बालिएको छ ।

पछिल्लो पटक गत २३ र २४ मा भएको जेनजी आन्दोलमा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका संरचनालाई छेक्नेगरी काठमाडौं झिलिमिली देखिएको छ ।

यादव खरेलद्वारा लेखिएको लोचन भट्टराई र नुतन प्रधानको स्वरमा रहेको ‘तिहारै आयो, लौ झिलिमिली’ गीत प्रख्यात छ । अहिले पनि तिहारमा यो गीत अत्यधिक गुञ्जिछ । यही गीतले भनेझैं काठमाडौंको दृश्य झिलिमिली बनेको छ ।

तस्वीरहरू :

लेखक
कमल प्रसाईं

प्रसाईं  अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?