+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भकुण्डेवेशी फाँटमा झुल्‍यो धानका बाला (तस्वीरहरू)

काभ्रेका किसानलाई धान भित्र्याउने चटारो

लहलह झुलेका धानका बालाहरूसँगै यति बेला भकुण्डेवेशी फाँट सुनौलो भएको छ। साथै भकुण्डेवेशीसहित नमोबुद्ध नगरपालिकाको नौबिसे, चरङ्गेफेदी, खोलेखेत, दलशिङ्गे, टटलेटार, भेडाबारी, चरूवा लगायत वरिपरिका बस्तीका किसानहरूलाई तिहार रौनकसँगै धान भित्र्याउने चटारोले छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १६:११
तस्वीरहरू : सन्तोष तिमल्सिना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरद ऋतुमा भकुण्डेबेशीका खेतहरू सुनौलो धानले भरिएका छन् र किसानहरू तिहार पर्वसँगै धान भित्र्याउने तयारीमा छन्।
  • नमोबुद्ध नगरपालिका र वरिपरिका बस्तीका किसानहरू धान भित्र्याउने चटारोमा छन् र तिहारको उमङ्ग मनाइरहेका छन्।
  • धानका बालाहरूले खेतलाई सुनौलो बनाएका छन् र यो दृश्यले किसानको मेहनत र जीवनको उत्सव झल्काउँछ।

४ कात्तिक, काठमाडौं। वर्षाको अन्त्य, सेतो बादल, सफा नीलो आकाश मुनि सुनौला धानका बालाहरू लहराउँदै शरद ऋतुले भकुण्डेबेशीको फँटहरूमा मनमोहक छाएको छ ।

यो यामलाई “मानो छरेर मुरी भित्र्याउने मौसम” रूपमा पनि लिइन्छ । किसानहरूका लागि यो मौसम उत्पादनको मात्र नभई उत्सवको प्रतीक पनि हो।

शरद ऋतुको शितलता, तिहारको उमङ्ग र धान खेतको सुनौलोपनले यहाँको प्राकृतिक सौन्दर्यलाई झन उचाइमा पुर्‍याएको छ।

नमोबुद्ध नगरपालिका स्थीत भकुण्डेवेशीका खेतभरि पाकेका धानका लहरहरूले सुनको समुद्र झैँ सजिएका दृश्यहरूले लोभलाग्दो वातावरण बनेको छ ।

लहलह झुलेका धानका बालाहरूसँगै यति बेला भकुण्डेवेशी फाँट सुनौलो भएको छ।

धान पाकेर सुनझै रमणीय दृष्यहरूले मनमोहक देखिएको छ, भकुण्डेबेशी। यो दृश्यले मात्र खेतका किसानको मेहनत होइन, जीवनको उत्सव पनि झल्काउँछ।

पँहेलौ भएर लहलह झुलेको धानका बालाहरूले हर्षोल्लासका साथ तिहार पर्वलाई स्वागत गरिरहेछ । तिहार पर्वले उल्लास छाएझैं भकुण्डेका किसानहरू प्रफुल्ल भएका छन ।

भकुण्डेबेशीमा मात्र हैन, नमोबुद्ध नगरपालिकाको नौबिसे, चरङ्गेफेदी, खोलेखेत, दलशिङ्गे, टटलेटार, भेडाबारी, चरूवा लगायत वरिपरिका बस्तीका किसानहरूलाई तिहार रौनकसँगै धान भित्र्याउने चटारोले छोपेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?