+
+
Shares

लोकतन्त्रविरुद्ध लागे जनताले सहँदैनन् : मुख्यमन्त्री बानियाँ

मुख्यमन्त्री बानियाँले ठूलो बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्र अस्वीकार्य हुने बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन्।
  • उनले व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर लुट मच्चाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्ने बताए।
  • बानियाँले मुलुकलाई सुशासनको बाटोमा लैजान सबै लोकतान्त्रिक शक्तिहरू एकजुन हुनुपर्ने उल्लेख गरे।

५ कात्तिक, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरूलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन्।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार भक्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा मुख्यमन्त्री बानियाँले ठूलो बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि षड्यन्त्र अस्वीकार्य हुने बताएका हुन्।

लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको चर्चा गर्दै उनले व्यवस्था परिवर्तन नभई व्यवस्थाभित्र रहेर लुट मच्चाइरहेकाहरूलाई कानुनी दायरामा ल्याउन सबैले भूमिका खेल्नु पर्ने चर्चा गरे।

जेन–जी आन्दोलनको मूल मर्म पनि वडादेखि केन्द्रसम्म जिम्मेवारीमा पुगेकाहरूमध्ये जो–जसले भ्रष्टाचार गरे, कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले जनताको कर लुट्ने काम गरे तिनका विरुद्धको आवाज थियो भन्दै आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई सम्मानका निम्ति पनि अब राजनीतिक नेतृत्व सुध्रनु पर्ने बताए।

जनप्रतिनिधि ठिक ढंगले चल्न सके कोही पनि डराउनु नपर्ने बताएका बानियाँले पूर्वाग्रह राखेर भने सबैलाई एउटै डालोमा हाल्न नहुने धारणा राखे।

मुलुकले भोगेका सबैखाले संकटमा बेला लोकतन्त्रवादीहरू एकै ठाउँमा उभिएको भन्दै उनले मुलुकलाई सुशासनको बाटोमा लैजान पनि सबै लोकतान्त्रिक शक्तिहरू एकजुन हुनुपर्ने बताए।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले लोकतन्त्रलाई बलियो बनाउन फरक विचार भएका दलहरू एकै ठाउँ आउनुपरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?