+
+
Shares

बालेनको प्रश्न : अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?

सामाजिक सञ्जालमा स्टाटस लेखेर बालेनले प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई \'लुसिफर\' भनिएकोप्रति आक्रोश पोख्दै आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरे।
  • शाहले सामाजिक सञ्जालमा लेखे, \'आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ !’
  • उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउने र अरुलाई ‘विदेशी एजेन्ट’ भन्दाप्रति कडा कटाक्ष गरे।

५ कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?’

उनले तुइन र काठको पुल बनाउने नेताहरुले देश विदेशीले बिगारेको आरोप लगाउनेहरु र अरुलाई ‘विदेशी एजेन्ट’ भनेर आरोप लगाउनेहरुप्रति पनि कडा कटाक्ष गरेका छन् ।

उनले लेखेका छन्, ‘तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो, भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?