७ कात्तिक, विराटनगर । गत असोज २१ गतेदेखि बेपत्ता बालिकाको शव जंगलमा बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको शव शुक्रबार दिउँसो जंगल भित्र फेला परेको हो ।
लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा सडेको शव भेटिएको थियोे ।
प्रहरीका अनुसार टाउको र शरीर छुट्टाछुट्टै स्थानमा छन् । बालिकाले लगाएका कपडा र चप्पल पनि छुट्टाछुट्टै स्थानमा फेला परेको थियोे । भित्री वस्त्र पनि खोलिएको अवस्थामा शव भेटिएको प्रहरी अधिकारीको भनाइ छ ।
सडेर दुर्गन्ध फैलिएको अवस्थामा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशु असोज २१ गते दिउँसो ४:३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् ।
अंशु बेपत्ता भएपछि उनको खोजी भइरहेको थियोे ।
शुक्रबार बीभत्स अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी स्रोतका अनुसार, बालिकाको बलात्कारपछि हत्याको आशंका छ । कपडा खोलिएको र शरीरका अंग छुट्टाछुट्टै अवस्थामा भेटिएकाले बलात्कार पछि हत्या भएको जस्तो देखिएको प्रहरीको आशंका छ ।
शव भेटिएपछि घटनास्थल पुगेका मोरङ प्रहरी प्रमुख कबित कटवालले अनुसन्धान सुरु गरेको जानकारी दिए । शव भेटिएपछि प्रहरीले सबै कोणबाट अनुसन्धान सुरु गरेको उनको भनाइ छ ।
प्रतिक्रिया 4