+
+
Shares

तस्वीरमा हेर्नुहोस् माटोबाट बनाइएका समाचकेवा

थारू महिलाहरूले बाँसको नाङ्लोमा समाचकेवा, बिरदानबोनी, चुगला, मौहौतिया/हात्ती, मालिन, कुत्ता/कुकुर, नाह खेबैया, तितिर, तितिर, न्‍याक्दी भलाजी /जोकर, ढोलकिया/झाइल बजिया, भमरा रञ्जितलगायतका विभिन्न पात्रहरूको मूर्ति माटोबाटै बनाएका छन् । उनीहरू प्रत्येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाउँछन् र यसरी आफ्ना दाजुभाइलाई आशिष दिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समाचकेवा पर्व कात्तिक पूर्णिमासम्म १५ दिनसम्म पूर्वी तराईका थारू समुदायमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीकका रूपमा मनाइन्छ।
  • थारू महिलाहरूले माटोबाट समाचकेवा र विभिन्न पात्रहरूको मूर्ति बनाएर सांस्कृतिक पहिचान र सामाजिक चरित्र उजागर गर्छन्।
  • काठमाडौंको टुँडिखेलमा यस वर्षदेखि थारू महिला समाजको नेतृत्वमा प्रथम थारू राष्ट्रिय समाचकेवा महोत्सव आयोजना गरिनेछ।

८ कात्तिक, काठमाडौं। दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको समाचकेवा पर्व सुरु भएको छ।  समाचकेवा पर्व भाइटीकाको दिनदेखि पूर्वी तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको घर, टोलछिमेकगाउँगाउँमा सुरू भएपछि थारू महिलाहरूले माटोबाट समाचकेवा बनाउन थालेका छन् ।

उनीहरूले बाँसको नाङ्लोमा समाचकेवा, बिरदानबोनी, चुगला, मौहौतिया/हात्ती, मालिन, कुत्ता/कुकुर, नाह खेबैया, तितिर, तितिर, न्‍याक्दी भलाजी /जोकर, ढोलकिया/झाइल बजिया, भमरा रञ्जितलगायतका विभिन्न पात्रहरूको मूर्ति माटोबाटै बनाएका छन् ।

१५ दिनसम्म खेलिने समाचकेवा कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजापाठ गरी बिसर्जन गरी यो पर्वको समापन हुने थारू संस्कृतिविद् भुलाइ चौधरीले बताए।

उनले भने, ‘ समाचकेवा थारूको इतिहास, सभ्यता र पहिचान बोकेको गाथा हो। यसले थारू समाजको यथार्थ चित्रण, दिदीभाइप्रतिको प्रेम दर्साउँछ। समाचकेवा किसनभूषण सेनको यथार्थ कथा हो।जसले त्यतिबेला दरवारमा छोरीलाई वनबास दिँदाको पीडा र भाइको वियोगान्त कथा संग्रहीत छ।’

उनका अनुसार समाचकेवा सामाजिक चरित्र भएका विभिन्न पात्रहरूको सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानसिक प्रवृतिको उजागर गर्छ। जितियामा माइती आएका दिदीबहिनीहरू दाजुभाइलाई प्रत्येक दिन साँझमा गीतिकाव्यमार्फत आशिर्वाद, दीर्घायूको कामना गर्दै समा खेलेर एक महिनापछि बल्ल आफ्नो घर फर्किने उनको भनाइ छ ।

काठमाडौंमा समाचकेवा महोत्सव मनाउने

पूर्वी तराईका गाउँगाउँमा समाचेवा मनाइरँदा काठमाडौंमा पनि थारू महिला समाजको नेतृत्वमा थारू महिलाहरूले समाचकेवा बनाउन सुरू गरेका छन् । थारू महिला समाजले यसवर्ष भने काठमाडौंको टुँडिखेलमा थारू राष्ट्रिय समाचकेवा महोत्सव मनाउने थारू महिला समाजकी अध्यक्ष अनिता चौधरीले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंको टुँडिखेलमा माघी महोत्सवजस्तै यसवर्षदेखि थारू महिला समाजको अगुवाइमा थारू राष्ट्रिय समाचकेवा महोत्सव मनाउन लागिएको हो। हामीले २० वर्षदेखि काठमाडौंको कुपण्डोल, बल्खु, टीकाथलीमा सामाचकेवा खेल्ने गरेका छौं,’ उनले भनिन्, ‘यसवर्ष थारू महिला समाजको नेतृत्वमा टुँडिखेलमा प्रथम थारू राष्ट्रिय समाचकेवा महोत्सव २०८२ भव्य रुपमा मनाउँछौं। थारू संस्कृति र सभ्यतालाई जोगाउन थारू महिलाहरू अग्रसर हुन्छौं

उनले पनि यस पटक टुँडिखेलमा समाचकेवाको प्रदर्शन, झाँकी र झम्टा लगायका समाचकेवाको लोक गीतिकाव्य र कविता प्रतियोगितासमेत आयोजा गरिने बताइन् ।

संघीय राजधानी काठमाडौं उपत्यकामा विगत २० वर्षदेखि थारू महिला समाज काठमाडौं, थारू महिला सभालगायतका विभिन्न संघसंस्थाले कुपण्डोल, बल्खु, बानेश्वर र ललितपुरको टीकाथलीमा सामाचकेवा खेल्दै आएका छन् ।

कात्तिक शुक्ल द्वितिया तिथिदेखि सुरु हुने यो पर्व कात्तिक पूर्णिमाको मध्यरातिसम्‍म थारू समुदायका दिदी-बहिनीहरु प्रत्‍येक साँझ आफ्नो टोलमा समाचकेवा गीत, भजनकीर्तन गर्दै हर्षोल्लासका साथ मनाउँछन् र यसरी आफ्ना दाजुभाइलाई आशिष दिन्छन् :

सामचे सामचके आबिहे हो

जोतला खेतमे बैठिये हो

सब रङ पटिया ओछाइहियै हो

तै पटियामे के-के सुते

छोटे बरहे लादहैन सुते

हे समाचकेवा- हे समाचकेवा

अर्थात्

समाचकेवा सधैं आउनु है

जोतेको खेतमा बस्‍नु है

सबै रङको गुन्द्री ओछ्याउनु है

त्यो गुन्द्रीमा को को सुत्‍ने?

सानोदेखि ठूलो सबै भाइ सुत्‍ने

 तस्वीहरू : दिनेश चौधरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?