News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपालको राष्ट्रपतिले भीडको दबाबमा प्रधानन्यायाधीश समेत हटाउनसक्ने अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको अधिवक्ता नेपालले बताएका थिए।
- प्रधानन्यायाधीश राउतले आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागे हस्तक्षेप बढ्ने आपत्ति जनाए।
१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल)को बहसमा आपत्ति जनाएका छन् ।
बहसका क्रममा उनले भीडको दबाबमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने भनेपछि राउतले आपत्ति जनाएका थिए ।
राउतले अधिवक्ता नेपाललाई रोक्दै उनको अभिव्यक्ति आपत्ति जनाउने खालको भएको बताएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले भीडको बलमा प्रधानमन्त्री परिवर्तन गरेको भन्दै अधिवक्ता नेपालले भोलि कानुनी क्षेत्रका व्यक्तिहरूले राष्ट्रपति भवन अगाडि गएर प्रदर्शन गरेमा राष्ट्रपतिले प्रधानन्यायाधीश समेत हटाउनसक्ने बताएका थिए ।
त्यसैमा प्रधानन्यायाधीश राउतले आपत्ति जनाएका हुन् ।
आन्दोलनको आडमा राष्ट्रपतिले सरकार परिवर्तन गर्ने काम गरेको भन्दै त्यसतर्फ लगाम नलागेमा राष्ट्रपतिले अरू निकायमा पनि हस्तक्षेप गर्ने अधिवक्ता नेपालको जिकिर थियो ।
प्रतिक्रिया 4