+
+
Shares

कांग्रेस कार्यवाहक सभापति खड्काले बोलाए महामन्त्रीसहित शीर्ष नेताको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ७:१३

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका दुई महामन्त्रसहित शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कार्यवाहक सभापति खड्काले सहमति खोज्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष नेताको बैठक बोलाएका हुन् ।

बैठक बिहान ९ बजे ललितपुरस्थित धोबीघाटमा बस्ने तय भएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजै दिउँसो बजे बस्न लागेको छ । १५औं महाधिवेशनको मितिबारे विवाद भएपछि गत शुक्रबारका लागि तय भएको बैठक स्थगित भएको थियो ।

शनिबार सानेपामा पदाधिकारी बैठक बसेर सहमतिको प्रयास गरे पनि असफल भएको थियो । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक-फरक कार्यतालिका प्रस्ताव गरेका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नु पर्ने प्रस्तावसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?