+
+
Shares

जेनजी आन्दोलनका घाइतेसहित सहकारी पीडितले गरे प्रदर्शन (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ कात्तिक १६ गते १२:५७

१६ कात्तिक, काठमाडौं । सहकारी बचतकर्ता पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

लामो समयदेखि न्याय नपाएको भन्दै पीडितहरुले आइतबार बिहान बुद्धनगरस्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा जेनजी युवा प्रतिनिधिसहित सहकारी पीडितहरू सहभागी थिए । उनीहरूको भीड व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको थियो ।

सहकारी पीडित र जेनजी आन्दोलनमा घाइते भएकाहरूले शान्तिपूर्ण प्रदर्शनमार्फत् दबाब सिर्जना गरी प्रधानमन्त्रीलाई मागपत्र बुझाउने जनाएका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित सहकारी संस्थाहरुको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने कार्य जिम्मेवारी समितिलाई छ । तर समितिको कार्यप्रगति सन्तोषजनक नभएको सहकारी पीडितहरू बताउँछन् ।

समितिको आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको प्रगति विवरण अनुसार समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाको संख्या २२ छ । तर ३ वटाको मात्र राफसाफ भएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?