News Summary
Generated by OK AI. Editorially reviewed.- तिब्बती बौद्ध धर्मगुरु मिलारेपाको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन सुरु भएको छ।
 - ‘मिलारेपा’ नाटकमा रुपेश लामाले शीर्ष भूमिका निभाएका छन् र नाटक १८ काकि देखि २१ मंसिरसम्म नियमित हुनेछ।
 - दशैंअघि रोकिएको नाटक ‘खमारी’ को मञ्चन पनि मंगलबारदेखि पुनः सुरु भएको छ र आउँदो बिहीबारसम्म चल्नेछ।
 
काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु मिलारेपाको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ को मञ्चन मंगलबारदेखि मण्डला थिएटरमा सुरु भएको छ ।
नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत आत्मज्ञान प्राप्तिसम्मको यात्रालाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । चाङ् ङ्योन हेरुकको लेखन रहेको नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्तरुपमा निर्देशन गरेका हुन् ।
नाट्य रुपान्तरण रविन तामाङले गरेका हुन् । नाटकमा पाप, पश्चाताप, साधना र मुक्तिजस्ता गहिरा आध्यात्मिक विषयलाई उतारिएको छ ।
शीर्ष भूमिका मिलारेपाको भूमिकामा रुपेश लामाले अभिनय गरेका छन् । रमिला मोक्तान, विकास लामा, सानुमाया तामाङ, रस्मिला तामाङ, रिया लामा, विजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुष्कर कार्की, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदीप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन कुमार गोले र सबिता तामाङको अभिनय छ ।

संगीत परिकल्पना आदित्य कटुवालको छ । स्वर आनीछोइङ डोल्मा, सरेश लामा, शुभलाल ग्लान तामाङको छ । नृत्य र संवादको संयोजनले सम्पूर्ण कथा भावनात्मक र प्रेरणादायी बनेको निर्देशक बुद्धि तामाङले बताए ।
नाटक मंगलबार १८ काकिदेखि २१ मंसिरसम्म नियमित हुनेछ । नाटक हेरेर दर्शकले आत्मशुद्धी, क्षमाशीलता र साधनाको महत्वबारे गहिरो सन्देश पाउने अपेक्षा गरिएको छ ।
दशैंअघि मञ्चन भएर बीचमा रोकिएको नाटक ‘खमारी’को मञ्चन पनि मंगलबारदेखि पुनः सुरु भएको छ । यो नाटकको मञ्चन आउँदो बिहीबारसम्म हुनेछ ।


                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
    
    
    
    
    
                
प्रतिक्रिया 4