+
+
Shares

हामी माओवादीको दर्ज्यानी चिह्न मिल्काएर आयौं : राम कार्की

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १५:१५
Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले समाजवादी विचारधार भएका सबैलाई एकतावद्ध हुन आह्वान गरेका छन्।
  • कार्कीले पार्टीको पदीय भूमिका छाडेर एकीकृत समाजवादी अभियान सुरु गर्न लागेको बताए।
  • उनले सबै देशभक्त र जनवादी सोच राख्नेलाई पदीय भूमिका छाडेर गोलबद्ध हुन आग्रह गरेका छन्।

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्  ।

ललितपुरमा आज आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा नेता कार्कीले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको बताए ।

यतिका वर्षसम्म संघर्ष गर्दा पनि पार्टीका नेताहरूलाई विस्थापन गर्न नसकेको भन्दै एकीकृत समाजवादी अभियान सुरु गर्न लागेको उनले बताए । संगठित भएका वा नभएका सबैलाई गोलबद्ध हुन उनको आग्रह छ । त्यसका लागि आफू रहेको पार्टीले दिएको जिम्मेवारी छाडेर आउन उनले भनेका छन् ।

विभिन्न समूहमा रहेका वा नरहेका सबै देशभक्त, जनवादी सोच राख्ने, समाजवादलाई लक्ष्य राख्ने समाजवादलाई लक्ष्य ठान्ने सबैजना आफ्नो नेताहरूले दिएको पदीय भूमिका छाडेर आउन उनले आह्वान गरे ।

नेता कार्कीले नेता जनार्दन शर्मा, नेतृ अन्जना विशंखेलाई देखाउँदै भने, ‘उहाँ (जनार्दन) को दर्ज्यानी चिह्न उपमहासचिव हो, मेरो सचिव हो, उहाँ (अञ्जना विशंखे) को स्थायी समिति सदस्य हो, हामी त्यो दर्ज्यानी चिह्न मिल्क्याएर आएका छौं, यसरी नै समाजवाद प्रति प्रतिबद्ध, यो नयाँ युवापुस्ताप्रति विश्वास गर्ने सबैलाई हामी के भन्छौं भने यस्ता दर्ज्यानी चिह्नहरू, पूर्वाग्रहहरू, मेरै पार्टी ठूलो, मेरै पार्टी राम्रो भन्ने सारा आग्रहहरूलाई त्यागेर एउटा एकीकृत समाजवादी अभियान सुरु गर्न जुट्न हामी सबैलाई आग्रह गर्दछौं ।’

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले एकता गर्ने भएपछि त्यसमा असन्तुष्टि जनाउँदै नेता कार्कीसहित जनार्दन शर्मा, अन्जना विशंखे लगायतका नेताले छुट्टै मोर्चा कस्ने तयारी गरेका छन्

वाम ध्रुवीकरणको घोषणाका लागि प्रचण्डसँग असन्तुष्ट उनीहरूले आज ललितपुरमा पत्रकार सम्मेलन गरेका हुन् ।

माओवादीको यो असन्तुष्ट पक्षले एकीकृत समाजवादीको झलनाथ खनाल, घनश्याम भूसाल र विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी नेपालबीच मोर्चाबन्दीको तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?