+
+
Shares

क्षमा पूजा गरेर गहनापोखरी पुनर्निर्माण सुरु

५ करोड २० लाख रुपैयाँ लागतमा पोखरी पुनर्निर्माण हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनर्निर्माणको काम ५ करोड २० लाख रुपैयाँ लागतमा सुरु गरिएको छ।
  • काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले ३१ असोज २०८२ मा सुजनराज जेभीलाई पोखरी पुनर्निर्माणको कार्यादेश दिएको छ।
  • पोखरी पुनर्निर्माण ३० असोज २०८३ भित्र सम्पन्न गरिसक्नुपर्नेछ र यसमा पैदलमार्ग, हरियाली, फल्चा, खेल्ने ठाउँ र प्रहरी बिट निर्माण हुनेछ।

१८ कात्तिक, काठमाडौं । क्षमा पूजा गरेर नरः दे (हाँडीगाउँ) मा रहेको गहनापोखरी पुनर्निर्माणको काम सुरु गरिएको छ ।

५ करोड २० लाख रुपैयाँ लागतमा पोखरी पुनर्निर्माण हुनेछ । निर्माण कार्यका लागि सुजनराज जेभीलाई ३१ असोज २०८२ मा काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले कार्यादेश दिएको छ । पोखरी पुनर्निर्माण ३० असोज २०८३ भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

योजनाका फोकल पर्सन वरिष्ठ इन्जिनियर रवीन्द्र रिजालका अनुसार पोखरी, त्यसको वरिपरि पैदलमार्ग, हरियाली प्रवर्द्धन र सडक आडमा भएका खाली ठाउँमा फल्चा, खेल्ने ठाउँ लगायत संरचना हुनेछन् । त्यसमध्ये १३ हजार वर्गफिटमा पोखरी निर्माण हुनेछ ।

पोखरीको वरिपरि ६ देखि ८ फिटसम्मको पैदलमार्ग हुनेछ । त्यसको बाहिर कालोपत्र सडक छ । यसको बाहिर दक्षिणतर्फ १ सय वर्गफिट क्षेत्रफलको ३ कवलको एउटा र उत्तरपट्टि ३ सय १७ वर्गफिट क्षेत्रफल भएको ९ कवलको एउटा फल्चा निर्माण हुनेछ ।

दक्षिण–पश्चिममा २ सय ९६ वर्गफिट क्षेत्रफलको प्रहरी बिट निर्माण हुनेछ । यसको नजिकमा ५ सय ९० वर्गफिट क्षेत्रफलको भवन निर्माण हुनेछ । जसको तल्लो तलामा पर्यटक सूचना केन्द्र र माथिल्लो तलामा पुस्तकालय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?