+
+
Shares

योगेन्द्र मण्डलले दिए दल दर्ताको निवेदन, नाम राष्ट्रिय ऊर्जाशील पार्टी, चिह्न चापाकल प्रस्ताव

मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्ताव गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ क्षेत्र नम्बर ५ का निवर्तमान सांसद योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी नामक नयाँ दल दर्ता गर्ने तयारी गरेका छन्।
  • मण्डलले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् र दलको चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ।
  • २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए र २१ हजार ८ सय २० मत प्राप्त गरेका थिए।

१९ कात्तिक, विराटनगर । मोरङ-५ का निवर्तमान सांसद योगेन्द्र मण्डलले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मण्डलको टिमले बुधबार दल दर्ताको लागि निवेदन दिएको हो ।

मण्डलको नयाँ दलको नाम राष्ट्रिय ऊर्जाशील पार्टी र चुनाव चिह्न चापाकल प्रस्ताव गरिएको छ । केन्द्रीय सदस्य तत्काललाई ३१ सदस्यीय प्रस्ताव गरिएको छ ।

२०५४ सालयता सामाजिक क्षेत्रमा सक्रिय मण्डल एमाले निकट थिए । एमाले त्यागेर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले मोरङ-५ बाट स्वतन्त्र उम्मेदवारी दिएर जिते । निर्वाचन जित्दा उनको चुनाव चिह्न चापाकल थियो ।

नयाँ दल दर्ता गर्नुअघि उनले आफ्ना क्षेत्रका मतदातासँग लिखित तथा मौखिक सुझाव माग गरेका थिए । अब के गरौं भन्दै टोल–टोल पुग्दा उनलाई अधिकांश मतदाताले परम्परागत दलभन्दा भिन्न दल बनाउन सुझाव दिएका थिए ।

‘९० प्रतिशतभन्दा बढी मतदाताहरूबाट नयाँ दल खोलेर अघि बढ्ने सल्लाह आयो,’ उनले भने, ‘ देशभरबाट सुझाव आएपछि अघि बढ्यौं ।’

उनले सामूहिक सहभागितामा दल दर्ताको प्रक्रिया अघि बढाएको बताए । ‘एकल प्रयास होइन, देशभरबाट ऊर्जाशील साथीहरू जोडिनुभएको छ,’ उनले भने ।

गत निर्वाचनमा उनले तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवलाई पराजित गरेका थिए । निर्वाचनमा मण्डलले २१ हजार ८२० मत पाएका थिए । दोस्रो भएका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत ल्याएका थिए ।

२०५४ सालयता जीवन विकास समाजमार्फत सामाजिक गतिविधिमा संलग्न मण्डलले शिक्षा, स्वास्थ्य, कृषि र लघुवित्तको क्षेत्रमा काम गरेका छन् । गरिबीरहित नेपालको परिकल्पनासहित २८ वर्षअघि उनले सुरु गरेको जीवन विकासले हजारौं परिवारलाई उद्यमी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?