+
+
Shares

जरिबाना नबुझाएका ६ दलले पनि दिए निर्वाचनका लागि दल दर्ताको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १४:४५

१८ मंसिर, काठमाडौं । आय-व्यय विवरण नबुझाएका कारण निर्वाचन आयोगले तोकेको जरिबाना नबुझाएका ६ वटा दलले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले दल दर्ताको निवेदन दिएका हुन् ।

यी दलहरूले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण बुझाएका छैनन् । यी दलहरूले समेत २१ फागुनका लागि तय भएको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकाले आयोग के गर्ने भन्ने छलफलमा छ ।

अहिले गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउने समय छ । आगामी माघसम्म गत आर्थिक वर्षको आय–व्यय विवरण बुझाउन पाइन्छ ।

तर, अघिल्लो आर्थिक वर्षको आय–व्यव विवरण नबुझाउने दलहरू पनि छन् । तिनलाई आयोगले जरिबाना तोकेको छ ।

जरिबाना रकम तोकेका दलहरू जरिबाना नबुझाइकन निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएर पुगेपछि आयोग के गर्ने भन्ने छलफलमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?