+
+
Shares

विशेष महाधिवेशनले पार्टीमा विग्रह ल्याउँछ : जीवनबहादुर शाही

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:३८

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले विशेष महाधिवशेनले पार्टीभित्र विग्रह ल्याउने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै शाही विशेष महाधिवेशनको विपक्षमा देखिएका हुन् ।

विशेष महाधिवशेनको पक्षमा संकलित ५४ प्रतिशत हस्ताक्षर झुटो हुनसक्ने आशंका समेत उनले गरे ।

‘मैले बुझेको विशेष महाधिवेशन भनेको हाम्रो समय हुँदाहुँदै नेतृत्व सक्षम भएन भनेर हटाएर अर्को ल्याउने भन्ने कुरा होला । आज त हाम्रो करिब करिब सबै समय अवधि सिद्धिसकेको छ,’ उनले भने ।

महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको महाधिवेशनको कार्यतालिकाबाट साझा  मिलनबिन्दु खोजेर नियमित महाधिवशेन गर्न सकिने उनले बताए ।

‘एकले अर्कालाई हामीले ध्वाँस दिने, धम्काउने तर्साउने मात्र कुरा गरिरहेका छौं । यसले हामीलाई कुन ठाउँमा पुर्याउँछ ?,’ शाहीले प्रश्न गरे ।

कांग्रेसका नियमित महाधिवशेन हुन नसके २८ पुसभित्र विशेष महाधिवशेन गर्नुपर्ने माग सहित ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर केन्द्रीय कार्यालयमा पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?