News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनले विप्लव कम्युनिष्ट एकताबाट टाढा रहन नहुने बताएका छन्।
- उनले सबै वामपन्थी, माओवादी, क्रान्तिकारी, कम्युनिष्ट धारालाई एउटै झन्डामुनि गोलबन्द हुन अपिल गर्नुभएको छ।
- उनले कम्युनिष्ट पार्टीहरू सानासाना टुक्रामा विभाजित भए पनि ठूलो झगडा भइरहेको र त्यसलाई त्यागेर एकीकृत हुन आग्रह गरेका छन्।
१९ कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनले नेत्रविक्रम चन्द विप्लव कम्युनिष्ट एकताबाट टाढा रहन नहुने बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘किरण (मोहन वैद्य) दाईको नेतृत्वको पार्टीबाट विद्रोह गरेर जाँदा हामी निकै सानो थियौं। निकै मेहनत गरेर पार्टीलाई यहाँसम्म ल्याइपुर्यायौं। अब विप्लव सी पनि एकताबाट पछाडि हट्न हुँदैन। तपाईंको आवश्यकता कम्युनिष्ट आन्दोलनमा अपरिहार्य छ’।
जेन–जी आन्दोलनले सबै पार्टीहरूमा पुनर्गठनको मार्गनिर्देश गरेको प्रसंग चर्चा गर्दै उनले सबै वामपन्थी, सबै माओवादी, क्रान्तिकारी, कम्युनिष्ट धाराहरूलाई एउटै झन्डामुनि गोलबन्द हुन अपिल गरे। वैज्ञानिक समाजवादी क्रान्ति पूरा गर्ने बाटोमा समाहित हुन ढिला गर्न नहुने उनको भनाइ छ।
विगतमा धेरै टुक्रामा विभाजित भएका कम्युनिष्ट पार्टीलाई सानासाना पसलको संज्ञा दिँदै उनले त्यहाँ ठूलठूला झगडा चलिरहेको बताए।
‘कम्युनिष्ट पार्टीहरू सानासाना टुक्रामा विभाजित भएका छन्। तर, ती भित्र ठूलठूला झगडा चलिरहेका छन्,’ उनले भने, म राम्रो तँ नराम्रो, म क्रान्तिकरी त संशोधनवादी भनेर एकअर्कालाई धारेहात लगाउने काम भइरहेको छ। अब त्यो त्यागेर एकीकृत हुन सबैलाई अपिल गर्दछु।’
प्रतिक्रिया 4