+
+
Shares

सागर डिस्टिलरी नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सागर डिस्टिलरीको ७२ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भई आइतबारदेखि कारोबार सुरु हुने भएको छ।
  • कम्पनीको पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्म तोकिएको छ र १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ।
  • सागर डिस्टिलरीले मदिरा उत्पादन गर्दै आएको छ र गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५९ पैसा मात्र रहेको छ।

२० कात्तिक, काठमाडौं । सागर डिस्टिलरी नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयर बजारमा सूचीकृत भई कारोबार सम्बन्धी सम्झाैता भएको छ ।

कम्पनीको कोड नाम एसएजीएआर प्रदान भएको छ । यसको आइतबारदेखि बजारमा कारोबार सुरु हुने भएको छ । पहिलो कारोबार मूल्य १०६ रुपैयाँ ५२ पैसादेखि ३१९ रुपैयाँ ५६ पैसासम्म तोकिएको छ । सो बीचमा जुनसुकै मूल्यमा पहिलो कारोबार भइ सो दिन १० प्रतिशतसम्म मूल्य बढ्न वा घट्न सक्नेछ ।

कम्पनीको ७२ लाख ६० हजार कित्ता सेयरमा ८० प्रतिशत संस्थापक सेयर छ भने २० प्रतिशत सर्वसाधारण समूहको छ । नवलपुरमा कम्पनीको प्रधान कार्यालय छ, यसको आरटीएस सेवा मुक्तिनाथ क्यापिटलले प्रदान गर्दछ । उत्पादन तथा प्रशोधन समूहमा यो सूचीकृत भएको हो ।

यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ, लोलीपप गोल्ड, ललीपप सिल्भर, ललीपप एप्पल, लगायत ब्राण्डका मदिरा उत्पादन र बिक्री गर्दै आएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नं. १ मा उद्योग सञ्चालनमा छ ।

२०८० साल जेठ ७ गते प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । विगतका वर्षमा लामो समय कम्पनी नोक्सानीमा सञ्चालनमा रह्यो । गत आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ५९ पैसा मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?