+
+
Shares

प्रधानाध्यापक कुट्ने व्यवस्थापन समिति अध्यक्षविरुद्ध जाहेरी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १५:१२

२० कात्तिक, काठमाडौं । सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार जाहेरी आज दर्ता भएको हो ।

भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध हिजो जाहेरी दिएकी थिइन् ।

व्यवस्थापन समितिको बैठक बोलाउने मिति फरक परेको भन्दै अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए ।

भण्डारीको आँखा र गालमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?