+
+
Shares

प्रहरी वृत्त बानेश्वरको भवन र सवारी तोडफोड गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधन तोडफोड, आगजनी र हातहतियार लुटपाट गरेको आरोपमा २२ वर्षीय शेख शिद्दीकीलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका शेख शिद्दीकीको साथबाट प्रहरीले ग्यास गनका दुईवटा सेल बरामद गरेको छ।
  • उनमाथि आपराधिक उपद्रव र हातहतियार सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२४ कात्तिक, काठमाडौं। प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधन तोडफोड, आगजनी र हातहतियार लुटपाट गरेको आरोमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका-४ घर भई हाल काठमाडौं-१३ बस्‍ने आलोकनगर बस्‍ने २२ वर्षीय शेख शिद्दीकी रहेका छन् ।

उनलाई सवारी साधनमा आजजनी, लुटपाट र प्रहरीलाई दुर्व्‍यवहारको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले ग्‍यास गनको दुईवटा सेल बरामद गरेको हो।

उनीमाथि आपराधिक उपद्रव गर्न नहुने र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?