+
+
Shares

दिल्ली विस्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते ११:२१

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् ।

उनले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

सोमबार बेलुकी नयाँदिल्लीको लालकिल्ला नजिकको मेट्रो रेल स्टेसनमा एक कारमा विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रधानमन्त्री कार्कीले यस दु:खको घडीमा नेपाल भारतको साथमा रहेको पनि बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?