News Summary
Generated by OK AI. Editorially reviewed.- एकता पौडेल निर्देशित फिल्म 'हर्ष' को दोस्रो गीत 'कुटु कुटु कस्तो माया लाग्यो बरिलै' सार्वजनिक गरिएको छ।
- गीतमा खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् र सुनिल क्षेत्रीले नृत्य निर्देशन गरेका छन्।
- फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल लगायतका कलाकारको अभिनय छ र अष्टलक्ष्मी प्रोडक्सन्स् तथा ई-प्राईम मुभिजले निर्माण गरेका हुन्।
काठमाडौैं । एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् ।
भिडियोमा सुनिल क्षेत्रीको नृत्य निर्देशन छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्काको शब्द रचना रहेको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधानको छ ।
गायक श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए उनी यो फिल्मबाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।
फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको निर्माण प्रसन्न पौडेल र विकास पौडेलले गरेका हुन् । हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया 4