+
+
Shares

‘हर्ष’ को पोस्टरले फिल्मको थिम, चरित्र चित्रणबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'हर्ष' को पोस्टर सार्वजनिक भएको छ जसमा खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादीका पात्र देखिएका छन्।
  • फिल्म 'हर्ष' पारिवारिक कथामा आधारित छ र एकता पौडेलले निर्देशन गरेकी हुन्।
  • फिल्मको ट्रेलर आगामी मंगलबार सार्वजनिक हुने जनाइएको छ।

काठमाडौं । १२ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हर्ष’ ले पोस्टरमार्फत फिल्मको झलक सार्वजनिक गरेको छ ।

पोस्टरमा फिल्मका ३ कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र साइमन वादीले निर्वाह गरेका पात्रलाई प्रस्तुत गरिएको छ ।

पोस्टरले यो फिल्म पारिवारिक कथामा निर्माण जनाउँछ । खगेन्द्र र वर्षा छोरासँग खुसी भावमा प्रस्तुत छन् । जसले सन्तानप्रति अभिभावकको लगाव झल्काउँछ ।

फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

उनले दर्शकलाई ‘हर्ष’ उत्कृष्ट फिल्मको रुपमा रुपमा पस्किने बताउँदै आइरहेकी छन् । फिल्ममा नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन लगायतको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मूभिजको ब्यानरमा फिल्मको निर्माण भएको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता हुन् । हिक्मत चोखाल कार्यकारी निर्माता हुन् ।

आउँदो मंगलबार ट्रेलर सार्वजनिक हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?