+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जेनजी फ्रन्टले भन्यो- सिमरामा एमालेका कार्यकर्ताले जेनजी युवा कुटेपछि झडप भयो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल जेनजी फ्रन्टले बारा जिल्लाको सिमरा चोकमा शान्तिपूर्ण कार्यक्रम गरिरहेका जेनजी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको दाबी गरेको छ।
  • फ्रन्टले घटनाप्रति खेद व्यक्त गर्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनुपर्नेमा जोड दिएको छ।
  • फ्रन्टले कुनै पनि दलका नेताले निर्वाध आवतजावत र कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमा अवरोध भए सरकार, प्रशासन र सुरक्षा निकायले तत्काल सुरक्षा दिनुपर्ने माग गरेको छ।

३ मंसिर, काठमाडौं । नेपाल जेनजी फ्रन्टले बारा जिल्लाको सिमरा चोकमा बुधबार शान्तिपूर्ण कार्यक्रम गरिरहेका जेनजी युवामाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरी अवरोध सिर्जना गरेको दाबी गर्दै आपत्ति जनाएको छ ।

फ्रन्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले दिएको शान्तिपूर्ण भेला हुने र स्वतन्त्र आवतजावतको अधिकार प्रयोग गर्दै कार्यक्रम गरिरहेका हाम्रा युवामाथि एमाले सम्बद्ध व्यक्तिहरूले नै आक्रमण गरेका छन् ।’

फ्रन्टले घटनाप्रति खेद व्यक्त गर्दै भदौ २३ गतेको जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन एमाले नेतृत्वको सरकारकै प्रवृत्तिको निरन्तरता भएको जेनजी फ्रन्टले भनेको छ ।

फ्रन्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनुपर्नेमा जोड दिँदै यदि कसैले शान्ति सुव्यवस्था बिगारेर निर्वाचनमा अवरोध सिर्जना गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

साथै, जुनसुकै दलका नेताले नेपालको कुनै पनि ठाउँमा निर्वाध आवतजावत र कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमा अवरोध भए सरकार, प्रशासन र सुरक्षा निकायले तत्काल सुरक्षा दिनुपर्ने माग पनि फ्रन्टले गरेको छ ।

विज्ञप्तिमा जेनजी युवाहरूलाई पनि संयम अपनाउन र पुराना दलहरूको उत्तेजनामा नफस्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?