+
+
WC Series
काठमान्डु गोर्खाज 2025
69/3 (7.4)
VS
७४ बलमा ७९ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

सशस्त्रमा ३ डीआईजीको दरबन्दी थप, दंगा नियन्त्रण गर्न छुट्टै गण

कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइएको छ । उक्त गणमा एसपीले कमाण्ड गर्दै आएकोमा त्यसलाई स्तरोन्नति गरेर एसएसपीले कमाण्ड गर्ने बनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रीपरिषद्ले सशस्त्र प्रहरी बलमा कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्डका लागि तीन जना डीआईजीको दरबन्दी थप गरेको छ।
  • सशस्त्र प्रहरी बलमा डीआईजीको संख्या २१ पुगेको छ, जसमा २ प्राविधिकसहित १८ डीआईजी थिए।
  • कीर्तिपुरस्थित निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइ एसएसपीको कमाण्डमा राख्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ।

३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलमा तीन जना डीआईजीको दरबन्दी थप भएको छ । मंगलबारको मन्त्रीपरिषद् बैठकले सशस्त्रमा तीन जना डीआईजीको दरबन्दी थप गरेको एक मन्त्रीले बताए ।

थप भएको दरबन्दीअनुसार कानुन शाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलेलिजेन्स ब्यूरोको कमाण्ड अब डीआईजीले गर्नेछन् ।

यसअघि यी युनिटको कमाण्ड एसएसपीले गर्दै आएका थिए । योसँगै अब सशस्त्रमा २१ डीआईजी हुने भएका छन् । यसअघि २ प्राविधिकसहित १८ डीआईजी थिए ।

त्यस्तै कीर्तिपुरमा रहेको निलबाराही गणलाई दंगा नियन्त्रण गण बनाइएको छ । उक्त गणमा एसपीले कमाण्ड गर्दै आएकोमा त्यसलाई स्तरोन्नति गरेर एसएसपीले कमाण्ड गर्ने बनाइएको छ ।

दंगा नियन्त्रणबारे सशस्त्र प्रहरी बलले पेस गरेको प्रस्तावमा एसएसपीको कमान्डमा काठमाडौंमा छुट्टै दंगा नियन्त्रण गण बनाउनुपर्ने माग थियो । मन्त्रीपरिषद्ले यो प्रस्तावलाई स्वीकृत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?