३ मंसिर, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ माझका आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ ।
नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आगलागी पीडित शोगनकुमार रावत र कमल रावतको परिवारलाई ९७ लाख ८७१ रुपैयाँ उपलब्ध गराएको हो ।
सिमकोट बजार र सरकारी तथा गैहसरकारी कार्यालयहरूबाट संकलन गरिएको उक्त रकम पीडित परिवारलाई उपलब्ध गराइएको शाखाका अध्यक्ष राजन रावतले जानकारी दिए ।
गत २६ कात्तिक बेलुका भएको आगलागीबाट घर जलेपछि शोगन र कमलको परिवार विस्थापित भएका छन् ।
आगलागी पीडित परिवारलाई यसअघि पनि विभिन्न संघसंस्थाले झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेका थिए ।
प्रतिक्रिया 4