+
+
Shares

विवाह पञ्चमी : आज तिल्कोत्सव मनाइयो (तस्वीरहरू)

सप्ताह व्यापी सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ मंसिर ७ गते १७:२४

७ मंसिर, जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइएको छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाइएको हो ।

विवाह हुनु अघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि  तिल्काउने (टीकाटालो) गर्ने विधिलाई तिल्कोत्सव भनिन्छ ।

दहीचिउरा, खिरपुरी, विभिन्न मिठाई, फलफूल, लत्ताकपडासहित १ हजार १ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव गरिएको हो ।

भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका सहमहन्त रामरोशन दासले गरेका थिए ।

तिलकोत्सवमा धनवट्टी पनि गर्ने गरिन्छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको तेस्रो दिन जनकपुर ऐतिहासिक रंगभूमि मैदान १२ बिघामा धनुष यज्ञ मनाइएको थियो ।

भोलि पाँचौ दिन सोमबार राम र जानकीको मटकोर, मुख्य दिन मंगलबार जानकी र भगवान रामको विवाह र बुधबार रामकलेवा गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुने छ ।

४ मंसिरदेखि सुरु भएको विवाह पञ्चमीको पहिलो दिन नगरदर्शन, दोश्रो दिन ५ मंसिरमा फूलवारी लिला सम्पन्न भएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?