News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको शिवसत्ताक्षी नगरपालिका–१० माइधारका सरोज शर्माको अपहरणपछि हत्या गरेर शव गाडेको घटनाको अनुसन्धान गर्ने प्रहरी निरीक्षक सुभाष केसीलाई कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषणा गरिएको छ।
- सरोज शर्माको हत्या कात्तिक ९ गते झापा अर्जुनधारा नगरपालिका–४ दहिझोडा सामुदायिक वनमा भएको थियो र शव हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलामा गाडिएको थियो।
- हत्या आरोपमा शर्माका साथी सुनिल साह र राहुल साह पक्राउ परेका छन्, जसले दसैंमा घर आएका शर्मासँग भएको पैसा लुट्ने बहानामा हत्या गरेको खुलेको छ।
७ मंसिर, विराटनगर । झापाको शिवसत्ताक्षी नगरपालिका– १० माइधारका सरोज शर्माको अपहरणपछि हत्या गरेर शव गाडेको घटना अनुसन्धान गर्ने प्रहरी पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सो घटनाको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय झिलझिले झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कात्तिक महिनाको पुलिस अफ द मन्थ घोषणा गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने प्रहरीलाई हरेक महिना यो पुरस्कार प्रदान गर्छ ।
गत ९ कात्तिकमा झापा अर्जुनधारा नगरपालिका– ४ मा रहेको दहिझोडा सामुदायिक वनमा ३३ वर्षीय सरोज शर्माको हत्या भएको थियो ।
हत्यापछि आरोपीले उनकै गाडीमा राखेर हुलाकी राजमार्ग अन्तर्गत विरिङ खोलामा रहेको पुलमूनि लगेर शव गाडेका थिए । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बरको उनको कार जलेको अवस्थामा भेटिएको थियो ।
उनको अपहरणपछि हत्या आरोपमा उनकै साथी सुनिल साह र राहुल साह पक्राउ परेका थिए । दसैंमा घर आएका शर्मासँग भएको पैसा लुट्ने बाहानामा उनीहरूले हत्या गरेको अनुसन्धानपछि खुलेको थियो ।
प्रतिक्रिया 4